राजनीति

एमाले महाधिवेशन :  अध्यक्ष केपी ओलीको फराकिलो जित

By खबरहब

November 30, 2021

चितवन- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली फराकिलो अन्तरले विजयी भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ओलीले १८०८  मत पाएका छन् भने प्रत्यासी भीम रावलले २२३ मतमा सीमित भएका छन् । तर यसको आधारिक घोषणा गरिएको छैन ।

१० मंसिरमा शुरू भएको एमाले महाधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मतदान भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

योसँगै अध्यक्षमा ओलीको दोस्रो कार्यकाल शुरू भएको छ ।