बलिउड/हलिउड

अमिषाविरुद्ध जमानत वारेन्ट

By खबरहब

November 30, 2021

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेत्री अमिषा पटेलमाथि भोपालको एक अदालतले जमानत वारेन्ट जारी गरेको छ । अभिनेत्री पटेलमाथि अहिले चेक बाउन्सको मुद्धा चलिरहेको छ ।

यही मुद्धाका कारण उनले उनलाई अदालतले आगामी सुनुवाईको समयमा अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको आगामी सुनुवाई डिसेम्बर ४ मा हुनेछ ।

अमिषामाथि ३२ दशमलब २५ लाख रुपैंयाँको चेक बाउन्सको उजुरी परेको छ । उनीविरुद्ध यूटीएफ टेलिफिल्मसले मुद्धा दर्ता गराएको हो । कम्पनीले अभिनेत्रीले कम्पनीबाट फिल्म बनाउनका लागि पैसा लगेको र कम्पनीलाई दिइएको दुई चेक बाउन्स भएको उजुरीमा उल्लेख गरेको छ । यो मामलामा अमिषा र उनको टिमले कुनै प्रतिक्रिया दिएको छैन ।

अमिषा डिसेम्बर ४ मा अदालतमा उपस्थित भइनन् भने उनीविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । अमिषा लामो समयदेखि फिल्म क्षेत्रबाट टाढा छिन् । उनी चाँडै सुपरहिट फिल्म ‘गदर’को सिक्वेलमा सनी देओल र उत्कृर्ष शर्मासँग देखिँदैछिन् । उनी यो फिल्मबाहेक अर्जुन रामपाल र डेजी शाहको फिल्म ‘मिस्ट्री अफ ट्याटु’मा पनि देखिँदैछिन् ।