सांकेतिक तस्बिर

समाचार

१४९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

November 30, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ११६ कोरोना संक्रमितको आईसीयूमा र ३३ को भेन्टिलेटरमा गरी कुल १४९ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २६ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ६३ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ४ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदुरपश्चिममा ४ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।