FILE PHOTO: Sweden's Finance Minister Magdalena Andersson attends a news conference where her nomination to take over as the leader of the Social Democrats has been announced, in Stockholm, Sweden, September 29, 2021. Jessica Gow/TT News Agency/via REUTERS

अन्तर्राष्ट्रिय

स्विडेनकी प्रथम महिला प्रधानमन्त्री एक सातामा दोस्रो पटक निर्वाचित

By खबरहब

November 30, 2021

स्टकहोम– स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् ।

गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी अन्डेर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।

अघिल्लो पटक स्विडेनको संसद्ले उनलाई प्रधानमन्त्री बनाएको थियो । तर उनलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उनले एक दिनमै राजीनामा दिनु परेको थियो ।

समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उनको बजेट संसद्बाट पारित नहुने भएपछि उनले राजीनामा दिएकी थिइन् ।

त्यसअघि अर्थमन्त्री रहेएकी अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत हुन् । एएफपी