राजनीति

कांग्रेस नेताहरुले अनसन तोडे

By खबरहब

November 30, 2021

काठमाडौँ– डडेलधुरामा पुनः अधिवेशन गर्नुपर्ने माग राख्दै अनसनमा बसेका निवर्तमान जिल्ला सभापति कर्ण मल्लसहितका नेताहरुले अनसन तोडेका छन् ।

पार्टी मुख्यालयमा मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा उनीहरुले अनसन तोडेका छन् । एकलौटी रुपमा अधिवेशन गरेको र पार्टीका बिभिन्न निकायमा कुरा राख्दा पनि सुनुवाई नभएको भन्दै उनीहरु अनसन बस्दै आएका थिए ।

उनीहरुको मागमा ऐक्यवद्धता जनाउँदै उपसभापति निधिले पार्टीको विधान कार्यान्वयनमा उदासिनता देखिनु गलत रहेको रहेको भए पनि पार्टीको महाधिवेशन नजिकिदै गरेकाले अनसन रोक्न आग्रह गरेका थिए ।

उनले महाधिवेशनको प्रक्रियामा भएका त्रुटीलाई संशोधनका लागि पहल गर्ने आश्वास पनि दिए।