फाइल फोटो ।

देश/प्रदेश

यही वर्षभित्र रेल सञ्चालन हुन्छ : मन्त्री यादव

By खबरहब

November 30, 2021

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले यसै बर्षभित्र रेल सञ्चालनमा आउने दावी गरेकी छन् ।

मंगलबार जनकपुरधामस्थित रेल्वे स्टेशन पगेकी मन्त्री यादवले जयनगर–जनकपुर रेल्वेको ट्रयाक निरिक्षण गर्दै छिटो भन्दा छिटो रेल सञ्चालन गर्ने तयारी भइरहेको बताइन् । उनले ठ्याक्कै यही मितिमा रेल चल्ने भन्न नसकिए पनि यस बर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी आवश्यक प्रकृया अगाडि बढिसकेको बताइन् ।

रेल्वे सञ्चालनका लागि विधेयक निर्माण भइसकेको र चाँडै नै सदनमा पेश गरिने मन्त्री यादवको दावी छ । उनले केही कागजी प्रक्रियाहरु मात्र बाँकी रहेको उनको भनाइ छ ।

त्यस्तै, रेल्वेका महाप्रवन्धक निरञ्जन झाले रेल सञ्चालन सम्बन्धी कार्यविधि तयार भइसके पनि कर्मचारी व्यवस्थापन, कानून र भाडादर निर्धारण गर्ने काम बाँकी रहेकोले ती सबै प्रक्रियाहरु चाँडै पूरा गरी रेल सञ्चालनमा ल्याउने बताए ।