राजनीति

अहंकारी र घमन्डी नेता हुँदैन : ओली

By खबरहब

November 30, 2021

चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।

एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले सपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

‘जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छ, उनले भने । उनले आफ्ना नेता कार्यकर्तालाई अध्ययनशील हुन अनुरोध गर्दै एमालेबाट अरू पार्टीले संस्कार सिक्नुपर्ने बताए ।

यसका साथै आगामी दिनमा पार्टीलाई थप सशक्त बनाएर लैजाने ओलीले बताएका छन् ।