धर्म / संस्कृति

बिहीबारको दिन यी ६ काम गर्दा मिल्छ शुभफल

By खबरहब

December 30, 2021

ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ ।

शास्त्रअनुसार बिहीबारका दिन केही कामहरु भने बर्जित गरिएको छ । बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहीबारको दिन गर्नु उचित मानिँदैन ।

१. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।

२. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।

३. पहेँलो वस्तु दान गर्नुहोस् ।

४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।

५.केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।

६. केरा दान गर्नुहोस् ।