राजनीति

माओवादी महाधिवेशन : समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम आज सकिने

By खबरहब

December 30, 2021

काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज समूहगत छलफलको निष्कर्ष सुनाउन बाँकी टोली नेताहरुले बोल्ने कार्यक्रम छ । २५ समूहमध्ये १४ समूहका नेताले आज आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्नेछन्। ११ वटा समूहका नेताको सुझाव सकिएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज र विधान मस्यौदामा छलफल गर्न महाधिवेशन प्रतिनिधिलाई समूहमा विभाजन गरिएको थियो।

आज विहान ११ बजेदेखि सुरु हुने बन्दसत्रमा समूहका नेताको निष्कर्ष सक्ने तयारी छ । त्यसपछि आफ्नो प्रतिवेदनमा उठेका प्रश्नबारे अध्यक्ष प्रचण्ड र विधान मस्यौदाबारे देव गुरुङले थप स्पष्ट पार्नेछन्।

महाधिवेशन प्रतिनिधिको सुझावसहित अध्यक्षको राजनीतिक दस्तावेज र विधानपारित गरेपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ।