बलिउड/हलिउड

‘जर्सी’काे पारिश्रमिक घटाउने शाहिदको घोषणा

By खबरहब

December 30, 2021

मुम्बई(दैनिक भास्कर)– फिल्म ‘जर्सी’ रिलिज हुनु तीन दिन अघि फिल्मका अभिनेता शाहिद कपुरले फिल्मबाट लिने पारिश्रमिक घटाएका छन् । ओमिक्रोनको संक्रमण बढ्दै जाँदा दिल्लीका थिएटर बन्द भएपछि निर्माताले डिजिटल पार्टनर नेटफ्लिक्ससँग छलफल गरेको थियो । फिल्मलाई ओटीटीमा रिलिज गर्ने सहमति भइरहँदा शाहिदले निर्मातलाई फोन गरेर फिल्म थिएटरमा रिलिज गर्नु महत्वपूर्ण रहेको बताएका थिए ।

छलफलमा निर्माताले फिल्मको लगानी उठाउन गाह्रो हुने बताइरहँदा शाहिदले आफूले पारिश्रमिकमा केही कटौती गर्ने बताएका थिए । शाहिदले फिल्मका लागि ३१ करोड पारिश्रमिक लिएका थिए । अहिले उनी यो पारिश्रमिकमा केही कटौती गर्न सहमत भएका छन् ।

‘यदि बजेटमा पाँच करोडको असर पर्छ भने म आफ्नो पारिश्रमिकमा पाँच करोड घटाइदिन्छु । बजेटमा १० करोड कम गर्नुपर्ने देखिएमा म १० करोड नै कम पारिश्रमिक लिन्छु’, शाहिदले भनेका छन् । उनले फिल्मलाई दर्शकले मनपराउने भएकाले यसको ढिलाइका लागि आफू तयारी अवस्थामा रहेको खुलाए ।

अल्लू अरविन्दको फिल्म ‘जर्सी’ को निर्देशन राष्ट्रिय पुरस्कार विजेता फिल्म निर्माता गौतम तिन्ननुरीले गरेका हुन् ।