मनोरञ्जन

गीताकाे सांगीतिक ‘श्वास फेरी’

By खबरहब

December 30, 2021

काठमाडौं–सञ्चारकर्मी गीता अधिकारीको शब्दमा रहेको गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ । गीतमा योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ छ ।

राजु गिरीको निर्देशन सल्लाहकार रहेको गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफी छ ।

गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंहलगायतको अभिनय छ । यमबहादुर चौधरीको छायाँकन रहेको भिडियोमा शोखिन तिम्लिसिनाको सम्पादन र सरिता पुरीको शृंगार छ ।

गीतकार अधिकारीका यसअघि आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् ।