समाचार

२४१ कोरोना संक्रमित थपिए, मृत्यु शून्य

By खबरहब

December 30, 2021

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ८१४ जनाको पीसीआर परीक्षणमा २३५ र २ हजार ८३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या शून्य छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २२८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।