राजनीति

प्रचण्डको प्रतिवेदनमाथिको समूहगत छलफल सकियो, भोलि प्रचण्डले जवाफ दिने

By खबरहब

December 30, 2021

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ। विभिन्न २५ वटा समूह बनाएर प्रतिवेदनमाथि समूहगत छलफल गरिएको थियो ।

विहीबार बन्दसत्रमा निष्कर्ष प्रस्तुत गर्न बाँकी रहेका १४ वटा समूहका टोली नेताले प्रस्तुती दिएका छन् । बुधबार ११ वटा समूहले प्रस्तुती दिएका थिए ।

शुक्रबार दिउँसो १ बजे बन्दसत्र सुरु हुनेछ। शुक्रबार अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि प्रचण्डले जवाफ दिनेछन्।

प्रचण्डको प्रस्तुतमाथि दुईवटा फरकमत पनि पेश भएका छन् । राम कार्की र लेखनाथ न्यौपानेले छुट्टाछुट्टै फरमत पेश गरेका छन् । ती फरकमत बन्दसत्रमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा निर्णय गर्न स्थायी कमिटीको बैठक बोलाइएको छ ।