अन्तर्राष्ट्रिय

मुम्बईमा तीव्र रूपमा फैलियो कोरोना, एकै दिन ३ हजार ६ सयमा संक्रमण

By खबरहब

December 30, 2021

नयाँ दिल्ली– भारतको मुम्बईमा पछिल्लो २४ घण्टामा कोरोनाका ३ हजार ६७१ संक्रमित थपिएका छन् । यससँगै मुम्बइमा सक्रिय संक्रमितको संख्या बढेर ११ हजार ३६० पुगेको छ ।

बीएमसीका अनुसार मुम्बइका कूल संक्रमित मध्ये २९ धारावीबाट रहेका छन् ।

त्यस्तै पश्चिमबंगालमा पछिल्लो २४ घण्टामा २ हजार १२८ संक्रमित फेला परेका छन् । राज्यमा १२ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या बढेसँगै मुम्बइमा विद्यालयहरु बन्द गरिएका छन् भने रात्रि व्यवसाय र यातायाता क्षमतामा ५० प्रतिशत कटौती गरिएको छ । पसलहरु र मलहरुका लागि समय तोकिएको छ । मानिसहरु भेला हुन रोक लगाइएको छ । एजेन्सी