समाचार

विश्वभर ३ लाख ७५ हजार संक्रमित थपिए, मृत्यु कति ?

By खबरहब

October 31, 2021

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टमा ३ लाख ७५ हजार ८५५ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै बेलायतमा ४१ हजार २७८, रुसमा ४० हजार २५१, अमेरिकामा २६ हजार ३५५, टर्कीमा २३ हजार ९६, भारतमा १२ हजार ९५८ र ब्राजिलमा १० हजार ६९३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ३ लाख १४ हजार ९५१ जना कोरोनामुत्त भएका छन् । अमेरिकामा ४५ हजार, बेलायतमा ३५ हजार, रुस र टर्कीमा २८–२८ हजार भारतमा साढे १४ हजार र ब्राजिलमा साढे ५ हजार बढी निको भएका हुन् ।

यस्तै ५ हजार ८१४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा एक हजार १६०, भारतमा ४४६, अमेरिकामा ३५०, ब्राजिलमा २६०, टर्कीमा २०३ र बेलायतमा १६६ जनाको मृत्यु भएको छ ।