फाइल फोटो

भारत / चीन / सार्क

भारतमा कोरोना : थपिने र निको हुनेको संख्या करिव बराबर

By खबरहब

October 31, 2021

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ९५८ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १४ हजार ७५५ जना कोरोना मुक्त भएका छन् ।

भारतमा थप ४४६ जनाको मृत्यु भएको छ ।

अहिले भारतमा संकृय संक्रमितको संख्या एक लाख ६६ हजार २७९ रहेको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४२ लाख ७२ हजार ६७७ पुगेको भने तीमध्ये ३ करोड ३६ लाख ४८ हजार १७९ जना निको भइसकेका छन् ।

हालसम्म कोरोनाकै कारण त्यहाँ मृत्यु हुनेको संख्या ४ लाख ५८ हजार २१९ रहेको छ ।