जोक्स

चुट्किला : तपाईंको भन्दा मेरो

By खबरहब

October 31, 2021

छोरा :  डेडी, तपाईंको बुद्धि धेरै कि मेरो ?

बुवा :  मेरो, किनकि म एक त तेरो बाऊ हुँ, दोस्रो तेरो उमेरभन्दा मेरो बढी छ र तैँले मैले जति जाने बुझेको पनि छैनस् ।

छोरा :  त्यसो भए त तपाईं जान्नुहुन्छ होला कि अमेरिकाको खोज कसले गरेको ?

बुवा :  कोलम्बसले गरेको थियो ।

छोरा :  कोलम्बसको बुवाले किन गरेनन् त ? यस कारणले तपाईंको भन्दा मेरो बुद्धि धेरै छ ।

साभार  :  ‘हँसाउने चुट्किला’ पुस्तकबाट