प्रेरक

सम्राट अशोकका केही अमर वाणीहरू

By खबरहब

October 31, 2021

१. धम्म धर्म– पापहीनता हो, बहुकल्याण हो, दया, दान, सत्यता र शुद्धि हो ।

२. माता–पिताको समुचित सेवा, सर्वप्राणीप्रत सादरभाव तथा सत्यता सर्वाेत्तम सिद्धान्त हुन् । यी धर्म गुणको वृद्धि निरन्तर हुनुपर्दछ ।

३. मानिसले अर्काको धर्म पनि सुन्नुपर्दछ । जो मानिस आफ्नो धर्मलाई पुज्दछ त अरूको धर्मको निन्दा गर्दछ, त्यस्तो मानिसले आफ्नो धर्मको भयङ्कर हानी गर्दछ ।

४. सबै प्राणीको सुरक्षा, आत्मसंयम, मानसिक शान्ति र प्रसन्नता मेरो चाहना हो ।

५. सेवकप्रति उचित व्यवहार र पशु बलिप्रति विरक्ति र विमुखता होस् ।

६. मेरा प्रजा मेरा लागि आफ्नै सन्तानवत् छन् ।

७. सर्वत्र सबै धर्मका मानिस बसून् ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट