फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतले ५ अर्ब डोज कोभिड खोप उत्पादन गर्ने प्रधानमन्त्री मोदीको घोषणा

By खबरहब

October 31, 2021

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ५ अर्ब डोज कोभिड खोप उत्पादन गर्ने घोषणा गरेका छन् ।

इटालीको राजधानी रोममा औद्योगिक देशहरुको समूह जी २० सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले आगामी वर्षको अन्त्यसम्ममा भारतले ५ अर्ब डोज खोप उत्पादन गर्ने दाबी गरे । भारतले उत्पादन गरेको खोपले विश्वलाई महामारीविरुद्ध लड्न सहयोग गर्ने उनको भनाइ छ ।

विश्वमा अझै पनि कोभिड खोपको अभावमा धेरै मानिसहरुको मृत्यु भइरहेको छ । अफ्रिकाका आधाभन्दा बढी मानिसमा खोपको पहुँच छैन् ।

सो अवसरमा प्रधानमन्त्री मोदीले भारतलाई आर्थिकरूपमा पुनर्जीवित गर्न र आपूर्ति सहज गर्न भारतलाई साझेदार बनाउन जी २० का अन्य नेतासँग अपिल गरेका थिए । महामारीका बाबजूद विश्वसनीय आपूर्ति सञ्जालमा भारत विश्वासनीय साझेदार देश प्रमाणित भएको उनले बताए ।