राजनीति

राज्यका हरेक अंग बिटुलिन थालेपछि त्यसको शुद्धीकरण गर्न आन्दोलन थाल्यौँ– दमननाथ ढुंगाना

By खबरहब

October 31, 2021

काठमाडौँ– पूर्वसभामुख एवम् वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले राज्यका हरेक अंग बिटुलिन थालेको बताएका छन् ।

सबै अंग बिटुलिन थालेपछि त्यसको शुद्धीकरण गर्न आन्दोलन गर्नु परेको उनले बताए । उनले भने, ‘यो आन्दोलन न्यायालयमा शुद्धीकरणका लागि हो ।’

ढुंगानाले भने, ‘यो शुद्धीकरण अभियान हो । न्यायालयमात्रै होइन संविधानले व्यवस्था गरेका हरेक अंगहरू बिटुलिन थालेका छन् । यसको शुद्धीकरणको सुरूआत न्यालयबाट सुरू गरेका छौँ ।’

त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले यो आन्दोलन न्यायालयको शुद्धीकरणका लागि भएको बताए । शाक्यले भने, ‘यो प्रधानन्यायाधीशविरूद्ध मात्रै होइन । यो न्यायालयको सुधारका लागि हो । न्यायपालिकाप्रति जनआस्था बढाउन र राज्यका अंगहरूबीच शक्ति सन्तुलनलाई कायम गरू संविधान बर्करार राख्न हामीले आन्दोलन गर्नु परेको हो । यो आन्दोलन फिर्ता हुँदैन ।’