खेलकुद

जर्मन बुन्डेसलिगा : डर्टमण्डको सहज जित

By खबरहब

October 31, 2021

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले कोलोग्नेलाई २-० गोलले हराएको  हो । डर्टमण्डको जितमा थोर्गन हाजार्ड र स्टिफिन टिग्जले एक/एक गोल गरे ।

जितसँगै डर्टमण्डले १० खेलमा २४ अंकसहित दोस्रो स्थानमा यथावत छ । कोलोग्ने १३ अंकसहित १०औँ स्थानमा छ ।