खेलकुद

स्पेनिस ला लिगा : बार्सिलोना र डिपोर्टिभो अलाभेसको बराबरी

By खबरहब

October 31, 2021

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र डिपोर्टिभो अलाभेसले बराबरी खेलेका छन् ।

शनिबार राति भएको खेलमा बार्सिलोना डिपोर्टिभो अलाभेससँग १-१ गोलको बराबरीमा खेलेको हो ।

बार्सिलोनाका लागि मेम्फिस डिपेले गोल गर्दा लुइस रिओजाले अलाभेसका लागि गोल गरे ।

बराबरीसँगै बार्सिलोनाले ११ खेलमा १६ अंकसहित नवौं स्थानमा छ । अलाभेस १० अंकसहित १६औँ स्थानमा छ ।