n08g, !$ sflQs M a]nfot–g]kfn Jofkf/ tyf nufgL d~r ;df/f]xdf k|d b]pjf k|wfgdGqL z]/axfb'/ b]pjf g]kfnsf nflu ;j{bnLo ;+;bLo ;d"x -PkLkLhL–Pg_ / a]nfot–g]kfn Jofkf/ tyf nufgL d~rn] zlgaf/ ;fFem cfof]hgf u/]sf] :jfut ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/ M eLid/fh cf]emf÷/f;;

राजनीति

विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

By खबरहब

October 31, 2021

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् ।

बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने बताएका हुन् ।

गैरआवासीय नेपालीका लागि नेपाली नागरिकताको विषय नेपालको संविधानसँग जोडिएकाले हाललाई  त्यो सम्भव नरहेको उनको भनाइ थियो । उनले बेलायतको नागरिकता लिएका नेपाली यहाँको सांसद् हुनसक्ने सम्भावना औल्याउँदै गैरआवासीय नेपालीले नेपाललाई निरन्तर सहयोग गरिहेकामा प्रसंशासमेत गरे ।

कार्यक्रममा समितिका अध्यक्ष युवराज गुरुङले जनसम्पर्क समितिका कामकारबाहीबारे जानकारी गराउँदै प्रवासमा रहेका नेपालीका समस्या र चनौतीका सम्बन्धमा उनको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन आइपुगेका हुन् ।- रासस