A man wears full protective equipment to protect against the coronavirus as he shops in London, Monday, May 4, 2020, as the UK enters a seventh week of lockdown to help stop the spread of coronavirus. The highly contagious COVID-19 has impacted on nations around the globe, many imposing self isolation and exercising social distancing when people move from their homes. (AP Photo/Kirsty Wigglesworth)

अन्तर्राष्ट्रिय

बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

By खबरहब

October 31, 2021

एजेन्सी- बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९० लाख नाघेको छ ।

बेलायती स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन् । अधिकारीहरुका अनुसार शनिबार मात्र त्यहाँ ४१ हजार २७८ जना सङ्क्रमित पुगेका थिए । यो समेतगरी सङ्क्रमितको संख्या ९० लाख नाघेको हो ।

त्यसैगरी त्यहाँ गएको २४ घन्टा यतामात्र कोरोनाबाट १६६ जनाको ज्यान गएको छ । यो समेतगरी संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १ लाख ४० हजार ५५८ जना पुगेको छ । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो देखिएको छ ।