समाचार

४०८ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

October 31, 2021

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ७ सय ३१ पीसीआर परीक्षणका क्रममा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टीजेन परीक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार १ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७ जनाको कोरोनाका कारण मृृत्यु भएको छ ।

थप ५ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९१ हजार ७ सय ८७ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ३ सय ७६ सक्रिय संक्रमित आइसोलेशन र २ सय ११ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।