अपराध

रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ

By खबरहब

October 31, 2021

बाँके– रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादी बाँके बैजनाथ गाउँपालिका ६ बस्ने ४२ वर्षीय नर बहादुर वलीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०७७ असोज २ गतेको फैसलाले ५ वर्ष ५ महिना १४ दिन कैद तोकिएकोमा हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।