देश/प्रदेश

साढे १७ बिगाहमा लगाइएको गाँजा नष्ट

By खबरहब

October 31, 2021

काठमाडौँ– प्रहरीले मकवानपुरमा साढे १७ बिगाह जग्गामा लगाइएको गाँजा नष्ट गरेको छ ।

दुई दिने गाँजा नष्ट अभियान अन्र्तगत आइतबार मवानपुर कैलाश गाउँपलिका वडा नं ४ नामटार, डाँडा, कैलाश गाउँपालिका वडा नं ९ जलेस्वर, टिमुरे, खैरेनिटार र सोही गाउँपालिकाको वडा नम्बर १० को घैराङटारमा १७ बिगाह १० कठ्ठामा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

सो गाँजा नष्ट गर्न लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, बागमती प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा ७२ जनाको प्रहरी टोली खटिएको थियो ।