देश/प्रदेश

खप्तड जाने बाटो मर्मत गर्दै सेना

By खबरहब

October 31, 2021

काठमाडौँ– यही कात्तिकको सुरुमा परेको अविरल बर्षाको कारण पहिरो गई अवरुद्ध भएको खप्तड क्षेत्र अवलोकनको लागि जानेबाटो नेपाली सेनाले मर्मत गरेको छ ।

सेनाको डोटी जिल्लामा तैनाथ सिंह शार्दुल गुल्मको सुरक्षा पोष्ट लोखडाबाट खटिएको टोलीले पहिरो पन्छाई बाटो सुचारु गरेको छ । बेमौसमा भएको वर्षातले सुदूरपश्चिममा व्यापक जनधनको क्षति गरेको थियो ।

साथै दर्जनौ बाटोहरु भत्काएको थियो । बाढीले भत्काएका बाटाहरु सेनाले मर्मत गरिरहेको छ ।