सांकेतिक तस्वीर ।

देश/प्रदेश

६० लाख मूल्यको सामान बोकेको ट्रकसहित एक जना पक्राउ

By खबरहब

December 31, 2021

वीरगञ्ज – करिब ६० लाख रुपैयाँ बराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्रेको छ ।

पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाइएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकस्थित सडकखण्डमा प्रदेश नं २–०३–००१ख ०१२९ नंको मालवाहक ट्रक तथा चालक बाराका परवानीपुर गाउँपालिका–२ बस्ने ३३ वर्षीय नसरूदीन मियाँलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त सामाग्रीको करिब ६० लाख रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।