आर्थिक

बढ्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार?

By खबरहब

December 31, 2021

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

सुन प्रतितोला ६ सय रूपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अ

त्यस्तै तेजाबी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य १५ रूपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।