सांकेतिक तस्बिर

समाचार

११३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

December 31, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११३ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ८९ कोरोना संक्रमितको आईसीयूमा र २४ को भेन्टिलेटरमा गरी कुल ११३ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ९ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ६५ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १० जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदुरपश्चिममा १ जना आईसीयूमा उपचाररत छन् ।