समाचार

प्रधानसेनापति शर्मा १३ दिन बिदामा, उपचारका लागि भारत जाँदै

By खबरहब

December 31, 2021

काठमाडौँ– प्रधानसेनापति महारथी प्रभुराम शर्माको २०७८ पुस १८ गतेबाट पुस ३० गतेसम्म १३ दिन बिदा स्वीकृत भएको छ ।

स्वास्थ्य उपचारका लागि भारत जान लागेपछि १३ दिन बिदा दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सो अवधिमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतमा स्वास्थ्य परीक्षण गर्ने छन् ।

प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।