ज्याेतिष

कपाल काटेको, सेतो लुगा लगाएको, रोएको सपना देखे के हुन्छ ?

By खबरहब

January 01, 2022

कतिपय सपनामा मानिसले आफूलाई डरलाग्दो स्थितिमा पाएर डराउने गर्दछन् । कतिपय यस्ता सपना अशुभको संकेत समेत मानिन्छ । साथै जीवनमा आउने घटनाको संकेत र मानसिक बीमारीको समेत संकेत मानिन्छ केही सपना । यस्तोमा कस्ता सपना अशुभ मानिन्छ त्यसबारे जान्नु पर्दछ ।

स्वप्नशास्त्र अनुसार आफूलाई यात्रा गर्दै गरेको देख्नु, कपाल काटेको वा गधामा बसेको देख्नु अशुभ मानिन्छ । यस्ता सपना भविष्यमा हुने ठुलो हानीको संकेत मान्ने गरिन्छ । यस्तै सपनामा कसैले आफूलाई सुकेको फूलको माला लगाइ दिएको देख्नु समेत अशुभ मानिन्छ । यस्तै आफूले सेतो कपडा लगाएको सपना देखे कसैसँग वियोग हुने संकेत गर्दछ ।

सपनामा आफूलाई रोएको, चिच्याएको वा गुहार लगाएको देख्नु समेत मानसिक स्वास्थ्यका लागि राम्रो सपना मानिँदैन । यी सपना व्यक्तिमा असुरक्षाको भावनाको संकेत गर्दछ । यस्तै सपनामा आफूलाई कहीँ फसेको र कोसिस गर्दा पनि निस्कन नसकेको देखिए आत्मविश्वासको कमीको संकेत गर्दछ । सपनामा आफूलाई कसैले पछ्याइरहेको देख्नु जीवनमा आफूमाथि कोही हाबी भएको संकेत मानिन्छ ।