देश/प्रदेश

शेरधन राईद्वारा मुख्यमन्त्रीबाट हटेको ४ महिनापछि सरकारी गाडी फिर्ता

By खबरहब

January 01, 2022

विराटनगर – प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् ।

चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले गाडी फिर्ता गरेका हुन् ।

उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । ‘गाडी लिन आउनुहोस् भनेर माननियज्यूले फोन गर्नुभयो,’ दाहालले भने, ‘मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।’

मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवासुविधाको विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । जसका कारण राइले ४ महिना सेवासुविधा दुरुपयोग गरे । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनले को१झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए ।

राईकै कार्यकालमा काठमाडौँमा सम्पर्क कार्यालय खोलिएको थियो । सम्पर्क कार्यालय खोलिएको विषयमा चर्को विरोध भएपछि निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कार्यालय हटाएको थियो ।

वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले सम्पर्क कार्यालयका फर्निचर सरकारी निवासमा राखेका छन् ।