राजनीति

एमाले अधिवेशन : कर्णालीका ९ जिल्लामा आज प्रतिनिधि छानिँदै

By खबरहब

January 01, 2022

सुर्खेत – नेकपा (एमाले) को जिल्ला अधिवेशनका लागि आज कर्णाली प्रदेशका ९ जिल्लामा प्रतिनिधि छनोट गरिँदैछ ।

२३ पुसमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट गरिन लागिएको हो ।

कर्णालीका सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुमपश्चिम, कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला जिल्लामा प्रतिनिधि छनोट हुने एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए ।

जुम्ला जिल्लामा भोलि मात्र जिल्ला प्रतिनिधि चयन गरिनेछ ।