सांकेतिक तस्बिर

देश/प्रदेश

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

By खबरहब

February 01, 2022

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

लु १ ख ९८३२ नम्बरको ट्रकले दिँदा ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाइकमा सवार दुई जनाको मृत्यु भएको हो। दुवैजनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

मृत्यु हुनेमा व्यास नगरपालिका-५ बस्ने अनिल बाचे मगर र विकास विक रहेका छन्।

मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।