??????

अपराध

चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

By खबरहब

February 01, 2022

सर्लाही– सर्लाहीको लालबन्दीबाट प्रहरीले चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका–५, का सूर्यदीप चौधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका–१५ का सोमबहादुर रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

७ माघमा लालबन्दी नगरपालिका–५, का ज्ञानबहादुर क्षेत्रीको मोटरसाइकल घरको बरन्डाबाट चोरी भएको थियो । प्रदेश २–०३–००१ प १०१९ नम्बरको मोटरसाइकलसहित तीन जना पक्राउ परेका हुन् ।