समाचार

युवा संघद्वारा अख्तियारमा स्वास्थ्य मन्त्रीविरुद्ध उजुरी

By खबरहब

February 01, 2022

काठमाडौँ– नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा भ्रष्टाचारसम्बन्धी उजुरी दिएको छ ।

मंगलबार संघका सहसंयोजक संजिवकुमार झा सुरजसहितको टोलीले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएको हो ।

स्वास्थ्यमन्त्री खतिवडाले २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम नोक्सान गरेको संघको आरोप छ । संघले मन्त्रीसहित यस कार्यमा संलग्न अन्य व्यक्तिउपर छानबिन गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कारबाहीको माग गरेको छ ।

नागरिकलाई पर्याप्त खोप लगाउनुपर्नेमा उल्टै राज्यकोषबाट खरिद गरिएको र कोभ्याक्स सुविधामार्फत् आएको खोपको चरम दुरुपयोग भएको पनि संघको ठहर छ ।