समाचार

महाकालीमा दार्चुला–धार्चुला जोड्ने पुल बन्ने

By खबरहब

February 01, 2022

काठमाडौँ– नेपालको दार्चुला र भारतको धार्चुलास्थित महाकाली नदीमा पुल बन्न लागेको छ ।

मंगलबार भौतिक तथा पूर्वाधार मन्त्रालयमा भएको कार्यक्रममा महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारतबीच सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको उपस्थितिमा सचिव रविन्द्रनाथ श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने छ । साथै, दुवैतर्फका जनताबीचको सम्पर्कलाई मजबुत बनाउने छ ।

पुलको निर्माण चाँडै गरिने दूतावासले जनाएको छ ।