देश/प्रदेश

एमसीसी सम्झौताबारे कुनै ‘गोप्य’ दस्ताबेज छैन- एमसीए नेपाल

By खबरहब

February 01, 2022

काठमाडौँ– मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले एमसीसी नेपाल कम्प्याक्ट सम्बन्धी कुनै दस्ताबेज नलुकाइएको बताएको छ ।

मंगलबार प्रेस विज्ञप्ति जारी गरी एमसीए नेपालले एमसीसीबारे सबै दस्ताबेज संस्थाको वेबसाइटमा रहेको र त्यहाँ उपलब्ध बाहेक अरू कुनै गोप्य दस्ताबे नरहेको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसीए–नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सावर्जनिक महत्वका सम्पूर्ण दस्ताबेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ । एमसीए–नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसीए–नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुन्छ ।’

एमसीए नेपालले गोप्य भनिएका कुनै पनि दस्ताबेज एमसीसीसँग गरिएका सम्झौता नभएको पनि विज्ञप्तिमा भनिएको छ ।