समाचार

दुई वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ

By खबरहब

February 01, 2022

काठमाडौँ– पुरातात्विक मूर्ति चोरी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् ।

रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल ललितपुर ईमाडोलमा बस्दै आएका ५८ वर्षीय मानबहादुर मगर पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई ईमाडोलबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा बुझाएको छ ।

जिल्ला अदालतले २०७४ साल वैशाख २५ गते मगरलाई दुई वर्षको कैद सजाय तोकेको थियो ।