समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

February 01, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १०५५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरणः ०–१० वर्ष – ८८ ११–२० वर्ष –१८४ २१–३० वर्ष – १०५५ ३१–४० वर्ष – ९६१ ४१–५० वर्ष – ५७२ ५१–६० वर्ष – ३३१ ६१–७० वर्ष –२५५ ७१–८० वर्ष – १३८ ८० वर्षभन्दा माथि– ६३ अज्ञात– १०