सांकेतिक तस्बिर

समाचार

३२९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

February 01, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २७९ कोरोना संक्रमितको आईसीयूमा र ५० को भेन्टिलेटरमा गरी कुल ३२९ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २९ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेश प्रदेशमा ५ जना आईसियूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् भने बागमती प्रदेशमा १८८ जना आईसीयूमा र ३८ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा १४ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा ५ जना आईसीयूमा र सुदुरपश्चिममा १० जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।