समाचार

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

By खबरहब

March 01, 2022

स्याङ्जा– जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भई फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।

प्रहरीले स्याङ्जा भिरकोट नगरपालिका–२ का २९ का वर्षीय विवेक अधिकारीलाई पक्राउ गरेको हो ।

२०७५ साल असार २५ गते स्याङ्जा जिल्ला अदालतले अधिकारीलाई ४ वर्षको कैद फैसला गरेको थियो ।

फैसलासँगै फरार रहेका अधिकारीलाई सोमबार पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ ।