खेलकुद

रुसमाथि खेल क्षेत्रको आक्रोश : जताततै प्रतिबन्ध

By मनोज घिमिरे

March 01, 2022

‘संसारका मानव जाती एक हौ’ जात, वर्ण, लिङ्ग र वर्गको आधारमा हुने कुनै पनि भेदभाव यस क्षेत्रका लागि अक्षम्य अपराध हो। भूगोलको सीमाको नाममा मानवताको पवित्र नातामा खडा गरिएका पर्खाल पनि खेल क्षेत्रका लागि त्यत्तिकै अस्वीकार्य कार्य हो।

विगत केही दिन संसारको ध्यान युक्रेन र रुसमा केन्द्रित छ। रुसले युक्रेन माथि हमला गरेपछि यो घटना संसारको खेल क्षेत्रका लागि अस्वीकार गर्न कठिन बनेको छ।

यसै क्रममा विश्व फुटबल महासङ्घ (फिफा)ले रुसलाई आफ्नो राष्ट्रिय झन्डा सहित कुनै खेलमा सहभागी हुन प्रतिबन्ध लगाएको छ। साथै, रुसमा कुनै पनि खेल नहुने भएको छ। रुसमा निर्धारित विश्व कप छनोटको खेल तटस्थ भूमिमा हुने फिफाले जनाएको छ।

फिफाको निर्देशन अनुसार रुसले फुटबल युनियन अफ रसियाको नाममा खेल्नु पर्ने छ। थुप्रै देशले रुससँग कुनै पनि खेलका लागि तयार नहुने कुरा उठाइ रहेको समयमा फिफाको यो निर्णयमा पनि ती देश सहमत छैनन्।

फिफाको निर्देशन अनुसार रुसले फुटबल युनियन अफ रसियाको नाममा खेल्नु पर्ने छ। थुप्रै देशले रुससँग कुनै पनि खेलका लागि तयार नहुने कुरा उठाइ रहेको समयमा फिफाको यो निर्णयमा पनि ती देश सहमत छैनन्।

यसरी रुससँग कुनै पनि खेल नखेल्ने घोषणा गर्ने देशमा इङ्गल्यान्ड, वेल्स, पोल्यान्ड, चेक गणतन्त्र र स्विडेन छन्।

सन् २०२२ को विश्वकप छनोटको खेलमा रुसले पोल्यान्डको सामना गर्ने छ। यी दुई देश बिचको खेलमा रुसले सफलता पाए प्ले अफमा चेक या स्विडेन मध्य एकसँग खेल्ने छ।

पोलिस फुटबल सङ्घका अध्यक्ष केजारी कुलेस्जाले फिफाको यो निर्णय अस्वीकार्य रहेको जनाएका छन्। यसैगरी, फिफाको निर्णयका बाबजुद चेक र स्विडेनले आफ्नो अडानमा यथावतै रहेको जनाएका छन्। उनले नाम जे राखिए पनि त्यो खेल रुससँग नै हुने भएकाले आफूहरू खेल्न तयार नहुने कुरा विज्ञप्ति मार्फत उल्लेख गरेका छन्। स्वीडीस फुटबल सङ्घका अध्यक्ष कार्क एरिक नेल्सनले आफूहरू फिफाको निर्णयमा असन्तुष्ट रहेको बताएका हुन्।

‘हामीले हाम्रो धारणा सार्वजनिक गरेको समय भन्दा युक्रेनको अवस्थामा कुनै फरक आएको छैन। यस कारण हामी हाम्रो अडानमा यथावतै छौ ’ नेल्सनले भने। उनले पोल्यान्ड र चेकसँग पनि निरन्तर सम्पर्क गर्दै फिफालाई थप दबाब दिने बताएका छन्।

फिफाले रुसलाई प्रतियोगिताबाटै निष्कासन गर्ने विषयमा अन्य खेल महासङ्घसँग पनि सल्लाह गरी रहेको जनाएको छ।

फिफाले रुसलाई प्रतियोगिताबाटै निष्कासन गर्ने विषयमा अन्य खेल महासङ्घसँग पनि सल्लाह गरी रहेको जनाएको छ।

जुलाईमा इङ्गल्यान्डले महिला युरोपेली च्याम्पियनसिप फुटबलको आयोजना गर्दै छ। प्रतियोगितामा स्विडेन, स्वीजरल्यान्ड र नेदरल्यान्ड रहेका समूहमा रुस पनि समावेश छ।

फिफाले अहिले यो निर्णय गरे पनि यो नै अन्तिम नभएको जनाएको छ। रुसका बारेमा थप निर्णय पनि हुन सक्ने जनाइएको छ। यस क्रममा फिफाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र युइएफए लगायत थुप्रै सङ्घसँग सम्पर्क गरी रहेको छ। तत्कालै रुसमाथि प्रतिबन्धको निर्णय भने हुने सम्भावना कम नै रहेको जनाइन्छ।

आइतबार मात्र इङ्गल्यान्ड फुटबल सङ्घले रुससँग कुनै पनि खेल नखेल्ने घोषणा गरेको हो। वेल्स फुटबल सङ्घले पनि युक्रेनमाथि एकबद्धता जनाउन रुससँगको खेल बहिस्कार गर्ने निर्णय आवश्यक रहेको जनाएको हो।

आइतबार नै युक्रेनका खेलाडीहरूले रुस ओलम्पिक कमिटी र बेलारुस ओलम्पिक कमिटी माथि प्रतिबन्ध लगाउनु पर्ने आवाज उठाएका छन्।

सन् २०२२ मा हुने प्यारालिम्पिक खेलमा पनि रुस माथि प्रतिबन्ध लगाउनु पर्ने माग उनीहरूले राखेका हुन्। यसअघि नै रुस डोपिङ विवादका कारण राष्ट्रिय झन्डासहित खेल्नका लागि प्रतिबन्धित भइसकेको छ।

यसरी आवाज उठाउनेमा ट्रिपल जम्पकी पूर्व विश्व च्याम्पियन ओल्गा सालादुखा, विश्व कीर्तिमान धारी पौडीबाज आन्द्रेइ गोभोरोभ लगायत विश्वव्यापी परिचित १ दर्जन भन्दा बढी खेलाडी छन्।

परिचित फुटबल स्टार आन्द्रेइ सेभचेन्कोले पनि विज्ञप्ति जारी गर्दै युक्रेनलाई संसारको साथ चाहिएको कुरा उल्लेख गरेका छन्।

रुसमाथिको आक्रोश सबै खेल र खेलकर्मीमा उत्तिकै छ। विश्व जुडो महासङ्घले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनलाई मानार्थ अध्यक्षबाट बर्खास्त गरेको छ।

बक्सिङका आइबिएफ, डब्लुबीए, डब्लुबीसी र डब्लुबीओले रुसमा कुनै फाइट नहुने घोषणा भइसकेको छ।

युक्रेनका टेनिस खेलाडी एलीना स्भीटोलानाले आफूले पाउने पुरस्कार घाइते र सेनाका लागि चन्दा दिने घोषणा गरेकी छिन्। काइरोमा जारी फेन्सिङ विश्वकपको आइतबारको खेलमा रुससँग खेल्न अस्वीकार गरेको छ।

‘हाम्रो परिवार उनीहरूकै कारण जीवनको जोखिम मोली रहेको समयमा उनीहरूसँग नै खेल्ने कुरै आउँदैन’ युक्रेन टोलीले जारी विज्ञप्तिमा उल्लेख छ।

बेलायती प्रिमियर फुटबल क्लब चेल्सीले युक्रेनको अवस्था दुखद रहेको जनाएको छ। क्लबका मालिक तथा पुटिनका साथीको रूपमा परिचित रुसी अरबपति रोमन एब्रामोभिचले कुनै प्रतिक्रिया नजनाएको भन्दै आलोचना भइरहेको समयमा जारी गरिएको यस विज्ञप्तिलाई अर्थपूर्ण मानिएको छ।

जुडोका ब्ल्याक बेल्ट पुटिन मानार्थ आठौँ डान समेत हुन्। सन् २०१२ मा यो प्रतिष्ठित उपाधि पाएका उनले लेखको पुस्तक ‘जुडोः हिस्ट्री,थ्यौरी र प्राक्टिस विशेष चर्चामा छ। ’

विश्व जुडो महासङ्घ (आइजेएफ)ले विज्ञप्ति जारी गर्दै युक्रेनमा जारी अवस्थालाई दृष्टिगत गर्दै पुटिनलाई मानार्थ अध्यक्ष र जुडो राजदूतबाट हटाउने निर्णय गरेको हो।

रुस र जर्जीया बिचको सन् २०२३ को विश्वकप रग्बीको छनोट खेल पनि रद्द भइसकेको छ। यसै वर्ष रुसको काजानमा घोषित जुनियर विश्व पौडी च्याम्पियनसिप रद्द भइसकेको छ।

यसै गरी, संसारका थुप्रै संस्थाले रुसमा घोषित खेल प्रतियोगितालाई अन्यत्र सार्ने घोषणा गरी सकेका छन्। युरोपेली फुटबल महासङ्घले युइएफए च्याम्पियन्स लिग फुटबल रुसको सेन्ट पिटर वर्गबाट फ्रान्सको परिसमा सार्ने निर्णय गरी सकेको छ। रसियन ग्रान्डप्रीक्स पनि रद्द भइसकेको छ।

रुस र जर्जीया बिचको सन् २०२३ को विश्वकप रग्बीको छनोट खेल पनि रद्द भइसकेको छ। यसै वर्ष रुसको काजानमा घोषित जुनियर विश्व पौडी च्याम्पियनसिप रद्द भइसकेको छ।

अप्रिलमा हुने भनिएको फीना आर्टीस्टीक वर्ल्ड सिरिज र फीना डाइभिङ वर्ल्ड सिरिज पनि रद्द भई सकेका छन्। यो निर्णय हुनु भन्दा अगाडी नै अस्ट्रेलिया, क्यानडा र अमेरिकाले बहिस्कारको घोषणा गर्दै विश्व पौडी महासङ्घलाई दबाब दिएका थिए।

यसैगरी, प्यान प्यासिफिक पौडी समूह र नौ वटा देश सम्मिलित नोर्डीक पौडी महासङ्घले दबाबको सुरुवात गरेका थिए।

यो निर्णयको अस्ट्रेलियाले स्वागत गरेको छ। रुसले युक्रेन माथिको हमला जारी राखे फिनाले थप निर्णय गर्दै जाने पनि जनाइएको छ।

विश्व पौडी च्याम्पियनसिप युक्रेनको सीमामा रहेको हंगेरीमा आयोजना हुँदै छ। अस्ट्रेलियाले परिस्थिति हेरेर निर्णय गर्ने जनाएको छ।

रुसले युक्रेनमा आक्रमण गरेकै दिन विश्व पौडीका परिचित व्यक्तित्व मिखाइल रुमान्चुकले वक्तव्य जारी गर्दै फिनाले रुसमा घोषित प्रतियोगिता स्थगन गर्नु पर्ने आवाज उठाएका थिए।

यसले पौडीको सबैभन्दा परिचित व्यावसायिक लिग आइएसएललाई पनि प्रभाव पार्ने देखिएको छ। आइएसएलका धेरै टोलीमा रुसी खेलाडी पनि छन्। संसारका कुनै पनि देशका खेलाडी रुसी र बेलारुसीसंग एउटै टोलीमा रहन समेत चाहँदैनन्।

यस लडाइसँगै रुसमा अन्य धक्का पनि लागेको छ। बिहीबार आक्रमण गर्ने बित्तिकै रुसको सेयर मार्केटमा ३३ प्रतिसतले गिरावट आएको थियो। यसका बाबजुद पुटिनले सबै लगानीकर्तालाई युद्धको समय भएकाले त्यस क्षति सहन तयार हुन भनेका छन्।

यसले पौडीको सबैभन्दा परिचित व्यावसायिक लिग आइएसएललाई पनि प्रभाव पार्ने देखिएको छ। आइएसएलका धेरै टोलीमा रुसी खेलाडी पनि छन्। संसारका कुनै पनि देशका खेलाडी रुसी र बेलारुसीसंग एउटै टोलीमा रहन समेत चाहँदैनन्। यसै गरी, रुसी अर्थतन्त्र पनि धरापमा परेपछि रुसी व्यापारीको लगानी रहेको टोली पनि सङ्कटमा परेका छन्।

संसारको खेल जगतले युद्धकै कारण थुप्रै नियति भोगेको थियो। सन् १९८० को दशकसम्म विभाजित विश्व त्यस पछि एकजुट भएको थियो। एजेन्सीको सहयोगमा