फाइल तस्वीर ।

मुख्य समाचार

दिउँसो १ बजे रोयल ब्यांकेटमा एमालेको पत्रकार सम्मेलन

By खबरहब

March 01, 2022

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मंगलबार पत्रकार सम्मेलन गर्दैछ। पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागेको हो।

केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार मुलुकको विकसित परिस्थितिका बारेमा नेकपा साधारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन हुन लागेको हो।

पत्रकार सम्मेलन दिउँसो १ बजे रोयल ब्यांकेट तीनकुनेमा हुने रिजालले जानकारी दिए। ‘एमालेका धारणाहरू सार्वजनिक गर्न अध्यक्ष कमरेड केपी शर्मा ओलीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उपस्थितिका लागि अनुरोध छ’, रिजालले सार्वजनिक गरेको सूचनामा भनिएको छ।

अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) पारित भएपछि पहिलो पटक एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो।