मुख्य समाचार

एकीकृत समाजवादीको पत्रकार सम्मेलन दिउँसो २ बजे

By खबरहब

March 01, 2022

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले समसामयिक विषयमा पत्रकार सम्मेलन गर्दैछ । मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएको हो ।

समाजवादीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंकेट, थापागाउँमा पत्रकार सम्मेलन हुन लागेको हो ।

समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलन हुन लागेको खतिवडाले बताए । पत्रकार सम्मेलनमा उपस्थित हुन सञ्चारकर्मीलाई अनुरोध गरिएको छ ।

अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) पारित भएपछि पहिलो पटक एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो ।

एमसीसी पारित भएपछि माओवादी केन्द्रले सोमबार पत्रकार सम्मेलन गरेको थियो । एमाले र एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । एमालेले दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन गर्दैछ ।