तस्बिर : एएफपी

अन्तर्राष्ट्रिय

कोलम्बियामा खानी दुर्घटनामा १३ जनाको मृत्यु

By खबरहब

March 01, 2022

काठमाडौँ- कोलम्बियामा भएको खानी दुर्घटनामा परी १३ जनाको ज्यान गएको छ । कोलम्बियाको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा विस्फोट भएको हो ।

स्थानीय अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकको ज्यान गएको थियो । खानी भित्र रहेको ग्याँस विस्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान गएको बताइएको छ ।

कोलम्बियाका खानीहरु औद्योगिक सुरक्षाका दृष्टिले अत्यन्त असुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।