तस्बिर: न्यूयोर्क टाइम्स

अन्तर्राष्ट्रिय

रुसी गोलाबारीमा परी ७० युक्रेनी सैनिक मारिए

By खबरहब

March 01, 2022

काठमाडौँ- रुसी गोलाबारीमा परी ७० युक्रेनी सैनिक मारिएका छन् । पूर्वी युक्रेनको ओख्टार्का शहरमा रुसी सेनाले युक्रेनी सैनिक अखडालाई लक्षित गरी गोलाबारी गर्दा ७० युक्रेनी सैनिकले ज्यान गुमाएको समाचार संस्था एपीले जनाएको छ ।

रुसी फौजको गोलाबारीमा परी हताहती भएको ओख्टार्का क्षेत्रका प्रमुख दिमित्रो झ्याभ्त्स्कीले जनाएका छन् ।

सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै उनले रुसी गोलाबारीका कारण चारतले भवनमा क्षति पुगेको र उद्धार कार्य शुरु भएको जनाएका छन् । 

आक्रमणमा केही सर्वसाधारण र रुसी सैनिकको पनि ज्यान गएको समाचार संस्था एपीले जनाएको छ ।