समाचार

सेनाकै हेलिकाेप्टरमा शिशुको जन्म

By खबरहब

March 01, 2022

 जुम्ला- नेपाली सेनाको हेलिकाेप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन्। खत्याड गाउँपालिका – ४ की २० बर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेकाे हेलिकाेप्टरभित्रै  शिशुलाई जन्म दिएकी हुन्। 

कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवति महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु  हुने गरेको थियो ।  यही कारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ । जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लैजाँदै गरेकी महिलाले  हेलिकाेप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाका मेजर बिलिना मल्लले बताइन्।

आमा र शिशुलाई प्रदेश अस्पताल लगिएकाे छ । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूना सेवा भएको नेपाली सेनाले जनाएको छ ।